विराटनगर – पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीमा १२०, झापामा ९३, मोरङमा ८३, धनकुटामा ३, इलाममा २, खोटाङ र सङ्खुवासभामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको कुल संख्या ७४ हजार ५५० पुगेको छ ।
संक्रमित भएका मध्ये ६७ हजार ५६८ जना संक्रमणमुक्त भएका छन् । आज ३०८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ६४९ रहेको छ । प्रदेश १ मा आज ८६७ जनाको पीसीआर परीक्षण गरिएको छ ।




प्रतिक्रिया