एमाले कार्यदलको बैठक जारी, एकताको मस्यौंदामा छलफल हुँदै

एमाले कार्यदलको बैठक जारी, एकताको मस्यौंदामा छलफल हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कठमाण्डु – नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक सुरु भएको छ । केहि बेरअघि सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सुरु भएको बैठकमा उपाध्यक्ष भीम रावल र उपमहासचिव विष्णु पौडेलले सहमतिका लागि तयार पारेको मस्यौदामाथि छलफल जारी छ ।

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच देखिएका विवाद समाधान गर्न दोस्रो तहका नेताहरु निरन्तर लागिरहेका छन् । यसअघि आजै बिहान बसेको बैठकमा केही तयारी अपुग भएकाले दिनभर तयारी गरेर साँझ बस्नेगरी नेताहरु आन्तरिक परामर्शमा लागेका थिए ।

अध्यक्ष ओलीले पार्टी एकताका लागि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको एमालेका सांसदहरूको हस्ताक्षर अदातलको फैसलाअघि नै फिर्ता गराउन माग गरेका छन् भने नेता नेपालले कुनै पनि हालतमा हस्ताक्षर फिर्ता नलिनेअडान लिएका छन् ।