डिआइजी सहकुल थापा एआइजीमा बढुवा

डिआइजी सहकुल थापा एआइजीमा बढुवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) सहकुल बहादुर थापा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा भएका छन् ।

बिहीबार सकेको मन्त्रिपरिषद्को बैठकले डिआईजी थापाको एआइजीमा बढुवा गरेको हो । हाल नेपाल प्रहरीमा चार एआइजीको दरबन्दी रहेकोमा अब पाँच पुगेको छ । १० दिनअघि गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको बैठकले डिआईजी थापालाई एआईजी बढुवाको लागि सिफारिस गरेको थियो ।

सरकारले एआइजीको दरबन्दी थपेर उनको बढुवा गरेको हो । अब थापा आगामी बैशाखमा महानिरीक्षक बढुवाको प्रतिस्पर्धामा हुनेछन् ।