अभिनेत्री जेनी कुँवर मृत फेला


काठमाण्डु – नायिका जेनी कुँवर आफ्नै अपार्टमेन्टमा मृत फेला परेकी छन् । काठमाण्डुको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राती ९ बजे उनको शव भेटिएको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या गरेको खुलेको महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरिक्षक केशर न्यौपानेले बताए । घटनाबारे मुचुल्का तयार पार्ने काम भैरहेको प्रहरीले जनाएको छ ।

‘जिन्दगानी’ नामक फिल्मबाट अभिनय यात्रा थालेकी कुवँरले मैदान, जीननदाता, कानून, अभिमन्यू, विन्तिपत्र, मलाई माफ गरिदेऊलगायतका थुप्रै फिल्ममा अभिनय गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement