काठमाण्डु — नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । बिहीबारको तुलनामा सुनको मूल्य आज १०० रुपैयाँले बढेको हो ।
हिजो प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
साथै तेजाबी सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने आज ओरालो लागेको छ ।
बिहीबार प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेको हो । आज चाँदी प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।




प्रतिक्रिया