थबाङमा विप्लव माओवादी र माओवादी केन्द्रको आ–आफ्नै रणनिती, के नो भोट गर्लान थबाङवासीले ?

थबाङमा विप्लव माओवादी र माओवादी केन्द्रको आ–आफ्नै रणनिती, के नो भोट गर्लान थबाङवासीले ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रोल्पा – रोल्पा सदरमुकाम लिबाङबाट कोटवाडा, कोर्चवाङ, घर्तीगाउ, मिरुल हुदै सहिदमार्गको बाटो बिहानै सानो गाडीमा हिडे साझ मात्र पुगिन्छ, थबाङ गाउ । यो एउटा कम्युनिस्ट गाउ जहा अहिले मिरुल र उवागाउ समेत मिसाएर थबाङ गाउपालिका बनाइएको छ ।

 

 

 

२०१३ सालमा थबाङ गाउमा मोहनविक्रम सिंह र खगुलाल गुरुङले संस्थागत रूपमा कम्युनिस्टको जग बसालेका थिए । ०१५ सालदेखि ०७० सालको संविधानसभा निर्वाचनसम्म त्यहाका मतदाताले कम्युनिस्ट उम्मेदवारलाई भोट दिदा र बहिष्कार गर्दा पनि एकढिक्का भएर निर्णय गर्दै आएका थिए ।

 

 

 

तर, पछिल्लो स्थानीय तह निर्वाचनमा त्यहाको मत विभाजित भएको छ । तर यस्तो निर्णय समूहगत नभई स्वेच्छिक आधारमा भएको हो ।

 

 

 

अहिले भने त्यहाका जनता दोधारमा छन् । मंसिर १० मा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र माओवादी केन्द्रले थबाङलाई आ–आफनो प्रतिष्ठाको विषय बनाएका छन् ।

 

 

 

अहिले विप्लप नेतृत्वको पार्टी चुनाव खारेजी गर्दै थबाङबाट शून्य मतदानको तयारीमा छ भने माओवादी केन्द्र यसपटक आफना उम्मेदवारका पक्षमा मतदान गराई छाडने अभियानमा । दोस्रो संविधानसभा निर्वाचनमा थबाङका जनताले मतदान नै नगरी तत्कालीन माओवादी उम्मेदवार तथा पूर्वसभामुख ओनसरी घर्तीलाई थबाङ प्रवेशबाट रोकेका थिए ।

 

 

 

थबाङमा शून्य मतदान जारी राख्नेमा नेकपा र उसको निर्णयलाई उल्ट्यार जनमत आफ्नो पक्षमा पार्नेमा माओवादी केन्द्रबीच अहिले रोल्पामा रस्साकस्सी नै चलेको छ । यो रस्साकस्सी स्थानीय तह निर्वाचनकै समयदेखि बाक्लो रूपमा चल्दै आएको हो । यद्यपि साविकका मिरुल र उवा गाउलाई छाडेर थबाङको मात्र जनमत हेर्ने हो भने नेकपाकै प्रभाव बढी देखिन्छ ।

 

 

 

तर स्थानीय तह निर्वाचनमा नेकपाभित्र देखिएको अन्तरविरोधका कारण त्यहाको जनमत विभाजित हुन पुगेको थियो । त्यसबेला नेकपाका स्थानीय पार्टी कमिटीले केन्द्रको ‘चुनाव बहिष्कार नीति’ उल्लंघन गरी निर्वाचनमा सहभागी भएको थियो ।

 

 

 

त्यसपछि उक्त पार्टीको बैठकले थबाङमा क्रान्तिकारीहरूको सशक्त प्रभाव हुदाहुदै पनि स्थानीय नेताहरूको निर्णय विचार र भावनाका दृष्टिले नै गलत र दुखद् रहेको निष्कर्ष निकालेको थियो । तर यसपटकको चुनावमा भने शून्य मतको इतिहास कायम राख्ने निर्णय नेकपाले लिएको छ । आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।