काठमाण्डु – माधव कुमार नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीले एमाले कार्यदलले गरेको १० बुँदे सम्झौताबारे स्थायी कमिटी बैठक बसेर संस्थागत धारणा आउने प्रतिक्रिया दिएकी छन् ।
आइतबार राति एमाले विवाद मिलाउन गठित कार्यदलको बैठकले १० बुँदे सहमति गरेपछि नेतृ झाँक्रीले आज समाजिक सञ्जाल फेसबुक मार्फत यस्तो बताएकी हुन् । साथै उनले प्रतिनिधि सभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको हस्ताक्षर फिर्ता नुहुने बताएकी छन् । अदालतको निर्णय प्रभावित गर्ने गरी हस्ताक्षर फिर्ता नहुने उनको भनाइ छ ।
उनले लेखेकी छिन्,
१. हाम्रो टिमको केन्द्रीय कमिटीको बैठक बसेर १० बुँदे सम्झौताबारे संस्थागत धारणा आउने छ ।
२. स्थायी कमिटीको बैठकमा जानेबारे सामान्य बैठकको कार्यविधि निर्धारण नगरी यो सम्झौता कार्यान्वयन योग्य हुदैन । बैठक जाने कुरा हुन्न ।
३. अदालतमा निवेदकको रूपमा रहेका हामी सांसदहरूले अदालतको निर्णय प्रभावित हुने गरि हस्ताक्षर फिर्ता लिइने छैन । लिने कुरै आउँदैन।
४. भ्रममा नपरौ, स्वागत गर्न हतार नगरौँ। निरास पनि नबनौँ। राजनीति हो यसले बाटो लिन्छ। उज्यालो पहिल्याउन सकिन्छ ।’




प्रतिक्रिया