संवैधानिक इजलासका न्यायाधीशहरु आन्तरिक छलफलमा जुटे

संवैधानिक इजलासका न्यायाधीशहरु आन्तरिक छलफलमा जुटे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबरासहितका चार जना न्यायाधीश आन्तरिक छलफलमा जुटेका छन् । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको फैसलाको पूर्वसन्ध्यामा संवैधानिक इजलासका न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका हुन् ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित न्यायाधीशहरु दीपक कुमार कार्की, मीरा खड्का, आनन्दमोहन भट्टराई र ईश्वर खतिवडा छन् । इजलासको बैठक बस्न सकेको छैन् । उनीहरु अहिले प्रधानन्यायाधीशको कार्यकक्षमा छलफल गरिरहेका छन् ।

प्रधानन्यायाधीश जबरा नेतृत्वको ५ सदस्यीय इजलासमा यही असार २१ गते सुनुवाई सकिएपछि हेर्दा हेर्दैमा राखिएको मुद्दाको अन्तिम फैसला आज आउने बताइएको छ ।

प्रतिनिधिसभा विघटन बदर र कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश माग गर्दै देउवासहित विघटित प्रतिनिधिसभाका १ सय ४६ सांसदले संवैधानिक इजलासले मुद्धा दायर गरेका थिए ।