काठमाण्डु — सर्वोच्च अदालतले कांग्रेसका सभापति शेरबहादुर देउवालाई २८ घण्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको छ ।
सोमबार प्रतिनिधिसभा विघटनविरुद्ध गठन भएको संवैधानि इजलासले सभापति देउवालाई २८ घण्टाभित्र प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको हो । अदालतले मंगलबार ७ बजेभित्र प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको हो ।
जेठ ७ मा मध्यराति प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईले करिब एक महिनाको सुनुवाईपछि सोमबार फैसला सुनाएका हुन् ।




प्रतिक्रिया