काठमाण्डु – सर्वोच्च अदालतको फैसलाको असर शेयर बजारमा देखा परेको छ । सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि त्यसको सबैभन्दा बढी असर सेयर बजारमा देखा परेको हो ।
बिहान ११ बजे खुलेको शेयर बजार दिउँसो साढे २ बजेसम्ममा साढे ३५ दशमलव २ अंकले घटेको हो । यो क्रम निरन्तर ओरालो लागिरहेको छ ।
आइतबार केही हरियाली छाएको नेप्से परिसूचक सोमबार बिहानैबाट घटिरहेको थियो । १३ वटै समूहका सूचक राताम्य भएका छन् ।
अदालतको फैसलापछि झनै बढी असर शेयर बजारमा देखा परेको हो । हालसम्म ८ अर्ब ७७ करोड भन्दा बढीको कारोबार भएको छ । अदालतको फैसलापछि बैंक, होटल, हाइड्रो, फाइनान्स, इन्सुरेन्स, माइक्रोफाइनान्सलगायत सबैको शेयर घटेको हो ।




प्रतिक्रिया