नवराज सिलवालको प्रचारमा होम्मिदै प्रहरीका पुर्व उच्च अधिकारी

नवराज सिलवालको प्रचारमा होम्मिदै प्रहरीका पुर्व उच्च अधिकारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौ- ललितपुरको निर्वाचन क्षेत्र नम्वर १ बाट नेकपा एमालेका उम्मेदबार नवराज सिलवालको प्रचार प्रसारमा सहभागी हुने पुर्व प्रहरी अधिकृतहरुको संख्या दिन दिनै बढ्दै गई रहेको छ । यसरी चुनावी प्रचार प्रसारमा सहभागी हुने पुर्व अधिकृतहरु बढी जसो राज्यबाट जबरजस्ति अन्यायमा पारिएका बढी छन । शुक्रबार पनि एक पुर्व एसएसपी गोदावरिमा घरदैलोमा भेटिए ।

 

 

यसरी सिलवालको घरदैलोमा सहभागी हुने पुर्व एसएसएसपी हुन वसन्तराज कुंवर । लागु औषध विरुद्ध नार्कोनन नेपाल सञ्चालनमा ल्याएका कुंवरलाई करिव एक दशक अघि तत्कालिन सरकारले बढुवा नदिएर जबरजस्ति घर पठाएको थियो ।

 

 

 

 

 

त्यतिबेला प्रधानमन्त्री गिरिजाप्रसाद कोईराला थिए भने गृहमन्त्री कृष्ण प्रसाद सिटौला । त्यति बेलाको राज्यबाट पिडित उनै कुंवर शुक्रबार ललितपुरको गोदावरिमा हालै राज्यबाट अन्नयाय गरिएका नवराज सिलवालको प्रचारमा जुटेका छन ।  कुंवरले यस अघि नै नवराज सिलवालका विषयमा चलचित्र नै बनाउने घोषणा गरिसकेका छन ।

 

 

 

 

सिलवाललाई यसअघि नै पुर्व एसएसपीहरु लव विष्ट, यादवराज खनाल र वलराम शर्मा पौडेलले निर्वाचनमा सफल्ताको शुभकामना दिदै प्रचार प्रसारमा जुटेका थिए ।