काठमाण्डु – नेपाली बजारमा बुधबार सुनको मुल्य उकालो लागेको छ । आज छापावाल सुनको मुल्य ३०० रुपयाँले बढेर प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
तेजावी सुनको मूल्य आज ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य भने ओरालो लागेको छ । सोमबार प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रूपैयाँले घटेर १ हजार ३१५ रूपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।




प्रतिक्रिया