पेट्रोलियम पदार्थको मूल्य घट्यो, कति पुग्यो ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो, कति पुग्यो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । पाँच विद्यार्थी संगठनको आन्दोलनपछि निगमले पेट्रोलियम पदार्थ पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटाएको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर १२८ र डिजलको मूल्य १११ रूपैयाँ प्रतिलिटर कायम गरिएको निगमले जनाएको छ ।

लगातार मूल्य वृद्धि गरेपछि विरोध प्रदर्शन गर्दै आइरहेको नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौंले आज नेपाल आयल निगमको थानकोटस्थित डिपोमा धर्ना नै दिएका थिए । आज उनीहरुले काठमाण्डुका अधिकांश पम्पहरु बन्द गराएका थिए ।