काठमाण्डु – सरकारले लामो दुरीका सवारी साधन सञ्चालन गर्न दिने तयारी गरेको छ । उपत्यकाका तीन जिल्लाका सीडिओको आज दिउँसो १ बजे बस्ने बैठकले लामो दुरीका सवारी सञ्चालनबारे निर्णय गर्ने तयारी गरेको हो ।
काठमाण्डुका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले लामो दूरीका यातायात खोल्ने कि नखोल्ने भन्ने विषयमा स्वास्थ्यकर्मी, ट्राफिक प्रहरीलगायत सरोकारवालासँग परामर्श गरेपछि निर्णय गरिने बताए । यसअघि उपत्यका आउने–जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातका साधनलाई पासको व्यवस्था गरिएको थियो ।
काठमाण्डु उपत्यकाभित्र २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक यातायात यसअघिबाटै चलिरहेका छन् । त्यस्तै उपत्यकामा जारी निषेधाज्ञा आज राति १२ बजेपछि सकिँदैछ । उपत्यकामा जारी निषेधाज्ञा अझै १५ दिन थपिने सम्भावना रहेको उनले बताए ।




प्रतिक्रिया