प्रधानमन्त्री देउवा भोलि बालुवाटार सर्ने

प्रधानमन्त्री देउवा भोलि बालुवाटार सर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बालुवाटार सर्ने भएका छन् । मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री देउवा भोलि सरकारी निवास बालुवाटार सर्ने भएका हुन् ।

प्रधानमन्त्री देउवा भोलि बालुवाटार जर्न लागेको देउवा निकट नेता मीन विश्वर्माले बताए । यसअघिका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मात्रै सरकारी निवास छाडेका थिए ।

सर्वोच्च अदालतले तत्कालिन प्रधानमन्त्री ओली सरकारले गरेको संसद विघटन बदर गर्दै सोमबार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिलाई परमादेश जारी गरको थियो । सर्वोच्चको आदेशअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।