काठमाण्डु – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहको बैठक बस्दैछ । स्रोतका अनुसार महानमन्त्री शशांक कोइरालाको निवासमा बस्ने बैठकले मन्त्रीहरुको टुंगो लगाउने बुझिएको छ ।
मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका कांग्रेसका सभापति शेरबहादुर देउवाले सोही दिन ५ सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका थिए । उनले हाल कांग्रेसबाट दुई जनालाई मात्र मन्त्रिपरिषदमा सामेल गरेका छन् । बालकृष्ण खाँणलाई गृह मन्त्रालय र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
सरकारमा सहभागी माओवादीका दुई जना मन्त्रीमध्ये पम्फा भुसालले ऊर्जा र जनार्दन शर्माले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् । अन्य मन्त्रालयहरु प्रधानमन्त्री देउवाले आफैंसँग राखेका छन् ।




प्रतिक्रिया