राष्ट्रियसभाको अधिवेशन बोलाउने सरकारको निर्णय

राष्ट्रियसभाको अधिवेशन बोलाउने सरकारको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले राष्ट्रियसभाको अधिवेशन बोलाउन सिफारिस गरेको छ ।

आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभाको अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको हो । केपी शर्मा ओली नेतृत्वको सरकारले केही दिन अगाडि राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेको थियो ।

राष्ट्रिय सभाको अधिवेशन साउन ३ गते बस्ने भएको हो । प्रतिनिधिसभाको अधिवेशन पनि सोही दिन आह्वान गर्न सिफारिस गरिएको छ ।