काठमाण्डु – लक्ष्मी बैंकले मिदिम खोला–१ जलविद्युत आयोजना निर्माणको लागि कर्जा लगानी गर्ने भएको छ ।
लमजुङ्ग जिल्लाको कव्होलासोथार र मस्र्याङदी गाँउपालिकामा अवस्थित मिदिम खोलामा निर्माण गर्ने १३.४२४ मेगावाटको आयोजनाका लागि लक्ष्मी बैंकले कर्जा लगानी गर्ने गरी बुधबार कर्जा सुविधा सम्झौतामा हस्ताक्षर भएको हो । उक्त आयोजनाको निर्माण लागत २ अर्ब ९३ करोड ८२ लाख रहेको बैंकले जनाएको छ ।
माउण्ट रसुवा हाइड्रोपावर प्रा.लि. र नेपाल विद्युत प्राधिकरणवीच विद्युत खरिद सम्बन्धि २०७५ साल माघ ७ गते सम्झौता भएको थियो । उक्त आयोजना निर्माणको लागि उर्जा मन्त्रालयले २०७७ कार्तिक ३ गते विद्युत उत्पादन अनुमति दिएको थियो । माउण्ट रसुवा हाइड्रोपावर प्रा.लि. लाई रसुवा कन्स्ट्रकशन प्रा.लि. लगायत अन्य व्यक्तिहरुले प्रवर्धन गरेका छन ।
उत्पादन क्षमता १३.४२४ मेगावाट रहेको माउण्ट रसुवा हाइड्रोपावर प्रा.लि. ले झण्डै ८३.१७ गेगावाटआवर विद्युत वार्षिक रुपमा उत्पादन गरी राष्ट्र्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य राखेको छ । यो आयोजना जुलाई २०, २०२३ मा संचालनमा आउने आयोजनाले जनाएको छ ।




प्रतिक्रिया