काठमाण्डु उपत्यकामा १० दिन निषेधाज्ञा थपियो, के–के सञ्चालन हुन्छ ?

काठमाण्डु उपत्यकामा १० दिन निषेधाज्ञा थपियो, के–के सञ्चालन हुन्छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकामा १० दिन निषेधाज्ञा थप गरिएको छ । बिहीबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले साउन १० गतेसम्म निषेधाज्ञा थप गरेको हो ।

हाल सञ्चालनमा रहेका पसलहरु साँझ ७ बजेसम्म पसलहरु खोल्न दिने निर्णय भएको काठमाण्डुका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

उनले लामो दूरीको सवारी साधन सञ्चालनका सम्बन्धमा कुनै निर्णय नभएको जानकारी दिए । मन्त्रिपरिषद्को बैठकले निर्णय गर्ने भन्दै अत्यावश्यक बाहेकका सवारीलाई प्रवेशको अनुमति नदिएको जानकारी दिए ।