काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले शुक्रबारको माैसम पूर्वानुमान गरेकाे छ। देशभर मनसुनी वायुको प्रभाव रहेकाले मौसममा सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
लुम्बिनी तथा गण्डकी प्रदेशका एक,दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। राति पनि देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रदेश २, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।अहिले बिहान देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका एक/दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावकाे जोखिम रहेकाले सतर्कता अपनाउन समेत मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेकाे छ ।




प्रतिक्रिया