काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा आज बालुवाटार सर्दैछन् । मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री देउवा शुक्रबार बिहान १० बजेपछि सरकारी निवास बालुवाटार सर्न लागेका हुन् ।
उनी ज्योतिषीले निकालेको साइतमा बालुवाटार सर्ने भएका छन् । देउवानिकट एक नेताले ज्योतिषले दिएको समयमा उनी बालुवाटार सर्न लागेका हुन् ।
यसअघिका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मात्रै सरकारी निवास छाडेका थिए ।
सर्वोच्च अदालतले तत्कालिन प्रधानमन्त्री ओली सरकारले गरेको संसद विघटन बदर गर्दै सोमबार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिलाई परमादेश जारी गरको थियो ।
सर्वोच्चको आदेशअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।




प्रतिक्रिया