काठमाण्डु— प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटारमा सरेका छन् । उनी आज बिहान १० बजे बालुवाटारस्थित सरकारी निवासमा सरेका हुन् ।
उनी ज्योतिषले निकालेको साइतमै बालुवाटार सरेका हुन् । सर्वोच्च अदालतले २८ असारमा प्रतिनिधिसभा विघटन बदरको फैसला गरेसँगै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले गत मंगलबार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेपनि उनी आफ्नै निजी निवास बुढानिलकण्ठमा बस्दै आएका थिए ।




प्रतिक्रिया