भेरोसेल खोप बोकेर मुख्यमन्त्री पोख्रेल गोरखामा

भेरोसेल खोप बोकेर मुख्यमन्त्री पोख्रेल गोरखामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली कोरोरोना विरुद्धको खोप लिएर गोरखा पुगेका छन् । गोरखाको उत्तरी गाउँपालिका चुमनुब्रीकालागि आवश्यक पर्ने भेरोसेल खोप लिएर हेलीकप्टरमार्फत गोरखा पुगेका हुन् । उक्त गाउँपालिकाका लागि चाहिने ३ हजार डोज भेरोसेल खोप लगिएको छ । चुमनुब्रीमा ३ हजार ५ सय खोप चाहिनेमा ५ सय जनाले यस अघि नै खोप लगाइसकेका छन् ।

मुख्यमन्त्रीसहितको टोलीले खोप सहित मास्क, सेनिटाइजर लगायत स्वास्थ्य सामग्रीसमेत वितरण गर्ने जनाइएको छ । टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरूङ, ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री हरिशरण आचार्य, प्रमुख सचिव डा. दामोदर रेग्मी छन् । माउन्टेन चाइल्ड संस्थाको सहयोगमा हेलिकोप्टरमार्फत् खोप चुमनुब्री पु¥याइएको हो ।

हेलिकोप्टरले पालिकाका ७ वटै वडाको केन्द्रमा खोप छाड्ने छ । बर्खा याममा बाढी पहिरोले बाटो बिगारेपछि एउटा वडाबाट अर्कोमा जान पनि समस्या रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विनोदविन्दु शर्माले बताए ।

मुख्यमन्त्री पोखरेलले प्रदेशका सबै नागरिकलाई याथाशिघ्र खोप पु¥याउने प्रतिबद्धता जनाएका छन् । संघ सरकारमार्फत प्राप्त खोप प्रदेशको भण्डारण केन्द्रमा राखेर जिल्लाह?मा पठाइएको र प्राथमिकता प्राप्त व्यक्तिह?लाई उपलब्ध गराउने मुख्यमन्त्री पोखरेलले निर्देशन दिइसकेका छन् ।