काठमाण्डु – नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा एमाले स्थायी कमिटी बैठक सुरु भएको हो ।
एमाले स्थायी कमिटी बैठक सरकारबाट बाहिरिएपछि पहिलो पटक बसेको हो । बैठकमा पार्टी एकता, सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन, १० बुँदे सम्झौतालगायत समसामयिक विषयमा छलफल हुने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
बैठकमा माधव नेपाल पक्षका कार्यदल सदस्यहरु अनुपस्थित भएका छन् । बैठक सुरु हुँदासमेत नेपाल पक्षका नेताहरु उपस्थित भएका छैनन् ।
वरिष्ठ नेता माधवकुमार नेपालले बैठकमा नजान आग्रह गरेका थिए । त्यस्तै पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिउँसो ३ बजेका लागि एमाले संसदीय दलको बैठकसमेत बोलाएका छन् ।




प्रतिक्रिया