काठमाण्डु — नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक आज बस्दैछ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा पदाधिकारी बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री देउवाले आज दिउँसो २ बजे सरकारी निवास बालुवाटारमा बैठक डाकेका हुन् । बैठकमा सरकारमा सहभागी हुने मन्त्री तथा महाधिवेशनबारे छलफल हुने स्रातले जनाएको छ ।
बैठक बिहीबार बस्ने भनिएपनि तयारी नपुगेका कारण स्थगित भएको थियो । प्रधानमन्त्री देउवा आजै बालुवाटार प्रवेश गरेका हुन् ।




प्रतिक्रिया