संसद बैठकको तयारी तिव्र, सभामुखले गरे अवलोकन

संसद बैठकको तयारी तिव्र, सभामुखले गरे अवलोकन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभाको बैठकको तयारी तिव्र पारिएको छ । संघीय संसद सचिवालयले प्रतिनिधिसभा पुनःस्थापनापछि पहिलोपटक बस्ने बैठकको तयारी तिव्र बनाएको हो ।

त्यस्तै सभामुख अग्नी प्रसाद सापकोटाले बैठकस्थलको अवलोकन गरेका छन् । साउन ३ गते बस्ने प्रतिनिधिसभाको बैठकको तयारीस्वरुप सभामुख सापकोटाले आज संसद भवनको अवलोकन गरेका हुन् ।

संसद बैठक साउन ३ गते अपरान्ह ४ बजे बस्दैछ । उनले संसद बैठकको तयारी, यसका लागि अपनाइएको स्वास्थ्य मापदण्डका सम्बन्धमा आज विहान बानेश्वरस्थित संसद भवनका सभाकक्ष लगायतको स्थलगत अवलोकन गरेको सभामुखको सचिवालयले जनाएको छ ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ७ गते प्रतिनिधिसभा विघटन गरेका थिए । तर, सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधिसभा पुनःस्थापना गरेपछि पहिलोपटक संसद बैठक बस्न लागेको हो ।