ओलीले बैठक रोक्न अस्वीकार गरेपछि बाहिरिए नेपाल समूहका नेता

ओलीले बैठक रोक्न अस्वीकार गरेपछि बाहिरिए नेपाल समूहका नेता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका माधव नेपाल पक्षका नेताहरु बैठकस्थलबाट बाहिरिएका छन् । स्थायी कमिटी बैठक रोक्न माग गर्दै पुगेका नेपाल समूहका नेताहरु बैठकस्थलबाट बाहिरिएका हुन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक नरोक्ने अडान लिएपछि नेपाल पक्षका नेताहरु बैठकस्थलबाट बाहिरिएका हुन् । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा एमालेको स्थायी कमिटी बैठक बसिरहेको छ ।

एमाले स्थायी कमिटी बैठकमा नेपाल पक्षका भीम रावल, गोकर्ण विष्ट, घनश्याम भुसाल र भीम आचार्यसहितका नेता पुगेका थिए ।

नेता रावलले पार्टी एकताका लागि थप गृहकार्य आवश्यक रहेको बताउँदै आफूहरु पार्टी एकता बचाउन लागिरहेको बताए । उनले बैठक रोक्न आग्रह गरेपनि अध्यक्षले अस्वीकार गरेको जानकारी दिए ।

उनीहरुले स्थायी कमिटी र आजै बोलाइएको संसदीय दलको बैठक स्थगित गरेर दुई नेता छलफलमा बस्न आग्रह गरेका थिए । जवाफमा अध्यक्ष अ‍ोलीले बैठकको पुस्तिकामा हस्ताक्षर गर्न आग्रह गरे । तर, नेपाल समूहका नेताहरूले बैठकमा आफ्ना भनाई राखिरहे ।

‘पार्टी एकताका लागि थप गृहकार्य आवश्यक छ । हामी पार्टी एकता बचाउन लागिरहेका छौं, त्यसका लागि यहाँ आएर बैठक रोक्न भन्यौं’, रावलले भने, ’तर, अध्यक्षले मान्नुभएन ।’