काठमाण्डु- कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले पदीय जिम्मेवारीबाट अवकाश लिएका छन् । बिहिबार प्रमुख कार्यकारी अधिकृत भण्डारीले अवकाश लिएका हुन् । कुमारी बैंकको संचालक समितिको बैठकको निर्णयानुसार बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रहेका अनुज मणि तिमिल्सिनालाई साउन १ गतेदेखि लागू हुने गरी कामु सीईओमा तोकिएको छ ।
३५ वर्षको लामो बैंकिंङ्ग करियर लगायत विभिन्न बैंकका प्रमुख कार्यकारी अधिकृतको रुपमा २१ वर्षको वृहत कार्यकालको अनुभव कमाउन सफल भण्डारीको कार्यकाल सुखद् र अत्यन्तै सफलदायी रहेको कुमारी बैंकले जनाएको छ । कुमारी बैंकका अनुसार उनको कार्यकालमा बैंकले प्रशंसनीय स्थरोत्रति गर्दै नेपालका सफल बैंकहरूको सूचीमा अग्रस्थानमापुग्न सफल भएको छ ।
बैंकले यही कार्यकाल मा ७ विभित्र वित्तीय संस्थाहरूका साथै तत्कालीन देवःविकास बैंकलाई पनि प्राप्ति गरेर बैंकको व्यवसायको दायरा निकै फराकिलो पारेको थियो । बैंकको सञ्चालक समितिको बैठकमा भण्डारीले आफ्नो परिवार तथा समाज प्रतिका अन्य जिम्मेवारीहरु वहन गर्नुपर्ने बेला आएको हुनाले पदभारबाट विदा लिन चाहेको बताए । साथै उनले नयाँ पिँढीले बैंकको सबल, सक्षम कार्य सम्पादन गर्नका लागि समेत शुभकामना दिएका छन् ।




प्रतिक्रिया