एमालेको विवाद समाधान गर्न गठन भएको कार्यदल भंग

एमालेको विवाद समाधान गर्न गठन भएको कार्यदल भंग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको कार्यदल भंग भएको छ । शुक्रबार बसेको एमाले स्थायी कमिटी बैठकले पार्टीको विवाद समाधान गर्न गठित कार्यदल भंग गर्ने निर्णय गरेको हो ।

पार्टी विवाद समाधानका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षबीच १० सदस्यीय कार्यदल गठन गरिएको थियो । आजको बैठकले कार्यदलले तयार पारेको १० बुँदे सहमति अनुमोदन गरेको छ ।

कार्यदलमा केपी शर्मा ओली पक्षबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल र नेपाल समूहबाट भीम रावल संयोजकत्वमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त रहेका थिए ।