काठमाण्डु – प्रधानमन्त्रीको नयाँ ट्वीटर एकाउण्ट खोलिएको छ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले पासवर्ड उपलब्ध नगराएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले नयाँ एकाउण्ट खोलेको हो ।
ओलीले बुधबार बालुवाटार छोडेपनि उनको सचिवालयले प्रधानमन्त्रीको ट्वीटर एकाउण्ट हस्तान्तरण नगरेको देउवाको सचिवालयले जनाएको छ ।
सामान्यतयाः प्रधानमन्त्रीबाट बाहिरिएपछि प्रधानमन्त्रीको नामबाट सञ्चालन हुँदै आएका सामाजिक सञ्जालहरु हस्तान्तरण गर्ने परम्परा रहेको छ । अघिल्लो पटक देउवा सरकारबाट बाहिरिएपछि ओलीको सचिवालयलाई उक्त ट्वीटर एकाउण्टको पासवर्ड हस्तान्तरण गरिएको थियो ।
अघिल्लोपटक देउवा प्रधानमन्त्री हुँदा ओलीलाई हस्तान्तरण गरिएको एकाउण्ट आफूहरुले नपाएको गुनासो देउवाको सचिवालयले गरेको छ ।
‘अघिल्लोपटक शेरबहादुर देउवाज्यू प्रधानमन्त्री हुँदा हस्तान्तरण गरिएको पासवर्ड अहिले ओलीकाे सचिवालयले कब्जा गर्याे’, स्रोतले भन्यो ।
देउवाको सचिवालयले राखेर प्रधानमन्त्रीको नयाँ ह्याण्डल (@PM_Nepal) बनाएको छ भने पहिलेको @PM_Nepal लाई @PM_nepal_KPoli बनाइएको छ ।




प्रतिक्रिया