काठमाण्डु – नेकपा एमालेका दोस्रो तहका नेताहरु छलफलमा जुटेका छन् । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा एमालेको विघटित वार्ता टोलीका नेताहरु पार्टी मिलाउन पुनः छलफलमा जुटेका हुन् ।
उक्त छलफलमा सुवासचन्द्र नेम्वाङ, भीम रावल, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, घनश्याम भुसाल, रघुजी पन्त, गोकर्ण विष्ट, प्रदीप ज्ञवाली सहभागी छन् । स्रोतका अनुसार एमाले सचिवत्रय पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई र भीम आचार्य पनि आजको छलफलमा सहभागी भएका छन् ।
शुक्रबार माधव नेपाल पक्ष अनुपस्थित रहेको एमाले संसदीय दलको बैठकले जनादेशबाट आएको सरकारलाई हटाउन गरेको फैसलाको भण्डाफोर गर्ने निर्णय गरेको थियो । त्यसैगरी अध्यक्ष ओलीले संसद अधिवेशन चाँडै अन्त्य गरेर अध्यादेशमार्फत एमाले एमाले फुटाउन प्रयास हुनसक्ने समेत जानकारी दिएका थिए ।




प्रतिक्रिया