ओली र जसपाको ठाकुर पक्षबीच भेटवार्ता

ओली र जसपाको ठाकुर पक्षबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षबीच भेटवार्ता भएको छ । अध्यक्ष ओलीलाई भेट्न आज जसपा अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी र अनिल झा ओली निवास बालकोट पुगेका हुन् ।

भक्तपुरको बालकोटस्थित ओली निवासमा भएको उक्त दुई पक्षबीचको भेटवार्तामा आपसी सहकार्य जारी राख्दै विपक्षी भूमिकामा रहनेबारे छलफल भएको प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिए ।

ओली नेतृत्वको सरकारमा छोटो समय मात्र सत्ता सहकार्य गरेको जसपाको ठाकुर पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने जानकारी दिएको छ । देउवा सरकारलाई उपेन्द्र पक्षले भने साथ दिने बताएको छ । हाल जसपाको आधिकारिकता विवाद निर्वाचन आयोगमा विचाराधिन छ ।