प्रधानमन्त्री देउवाले बोलाए कांग्रेस संसदीय दलको बैठक

प्रधानमन्त्री देउवाले बोलाए कांग्रेस संसदीय दलको बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेर बहादुर देउवाले संसदीय दलको बैठक बोलाएका छन् । देउवाले प्रधानमन्त्री बनेपछि पहिलोपटक कांग्रेसको संसदीय दलको बैठक बोलाएका हुन् ।

उनले आइतबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवनमा दलको बैठक बोलाएको सांसद डा. डिला संग्रौलाले जानकारी दिइन् । बैठकमा मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमसँगै समसामयिक विषयमा छलफल हुने बुझिएको छ ।