काठमाण्डु – विशेष अदालतका चार न्यायाधीशको सरुवा भएको छ । विजय गच्छदारको मुद्दामा सुनुवाइपछि आदेश दिएका विशेष अदालतका अध्यक्षसहित ४ जना न्यायाधीशको अचानक काज सरुवा गरिएको हो ।
स्रोतका अनुसार उनीहरुलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सरूवा गरेका हुन् । बुधबार अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीश अब्दुल अजिज मुसलमान र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले गच्छदारलाई धरौटीमा छाड्ने आदेश दिएको थियो ।
त्यसको पर्सिपल्ट नै अध्यक्ष प्रेमराज कार्कीलाई इलाम सरुवा गरिएको छ । त्यस्तै न्यायाधीश बालेन्द्र रुपाखेतीलाई पाटन अदालत, न्यायाधीश शान्ति सिंह थापालाई राजविराज अदालत, न्यायाधीश चन्द्रबहादुर सारु सुर्खेत अदालतमा सरुवा भएका छन् ।




प्रतिक्रिया