स्टाण्डर्ड चार्टर्ड बैंकले के सय प्रतिशत बोनस सेयर देला ?


काठमाडौं-  सेयर बजारमा लगानीकर्ताको माग गर्ने कम्पनीमा स्टाण्डर्ड चार्टर्ड प्रमुख बैंक हो । बैंकको चुक्ता पुजी ४ अर्ब रहेको छ । राष्ट्र बैंकको नयां नितीअनुसार बैंकले ८ अर्ब चुक्ता पुंजी पुर्याउनुपर्ने बाध्यतकारी ब्यवस्था छ । बैंकले अघिल्लो बर्ष कमाएको नाफाबाट बोनस सेयर दिएर चुक्ता पुजी पुर्याउनुपर्ने हुन्छ ।

 

 

 

स्टाण्डर्ड चार्टर्ड बैंकको वित्तीय विवरणलाई हेर्ने हो भने उसको  अहिले रिजर्बमा ८ अर्ब ५५ करोड रुपैयां रहेको छ । असोज मसान्तसम्ममा बैंकको निक्षेप ७१ अर्ब ४२ करोड रुपैयां छ । यस्तै बैंकले ३९ अर्ब ८५ करोड कर्जा दिएको उल्लेख गरेको छ ।

 

 

सेयर बजारमा प्रतिकित्ता २०२२ सेयर मुल्य रहेको बैंकले पुजी पर्याउनको लागी ४ अर्ब बोनस सेयर दिंदा कुनै समस्या नहुने देखिन्छ । बैंकले १०० प्रतिशत बोन सेयर दिएर चुक्ता पुजी पुर्याउने तयारी गरेको छ ।

 

 

रिबर्जमा भएको रकम हेर्दा चाटर्डलाई चुक्ता पुँजी पुर्याउनको लागि ४ अर्ब रुपैयाँ बोनस दिन कुनै समस्या नहुँने देखिन्छ । यस आधारले हेर्दा बैंकले १०० प्रतिशत बोनस सेयर दिने देखिन्छ । स्टाण्डर्ड चार्टर्डको सेयर भएका लगानीकर्ताले यसअघि बोनस सेयरको लोभमा भकाभक सेयर किनेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement