काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले के्नद्रीय सदस्य श्यामकुमार घिमिरेमाथि आक्रमण गर्नेलाई कारबाही गर्न निर्देशन दिएका छन् ।
नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले पार्टीको आसन्न १४ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता छानबिनका लागि गठित छानबिन समितिका सदस्य घिमिरेमाथि आक्रमण गर्ने सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेत र त्यसमा संलग्न अन्य कार्यकर्ताहरूलाई कारबाही गर्न पार्टीको अनुशासन समितिलाई निर्देशन दिएका हुन् ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बस्नेतसमेतका व्यक्तिहरूसँग २४ घन्टाभित्र स्पष्टीकरण लिई पार्टी विधान बमोजिम तीन दिनभित्र कारबाहीको टुंगो लगाउन देउवाले अनुशासन समितिलाई निर्देशन दिएका हुन् ।





प्रतिक्रिया