काठमाण्डु – नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’सँग भेटवार्ता गरेका छन् ।
पछिल्लो समय राजनीति भेटवार्तालाई तीव्रता दिएका विप्लवले शनिबार वैद्यसँग भेटवार्ता गरेका हुन् । भेटमा क्रान्तिकारी धुर्बिकरण, संयुक्त मोर्चा र समसामयिक राजनितिक बिषयमा छलफल विप्लवको सचिवालयले जानकारी दिएको छ ।
तत्कालिन एकिकृत माओवादी केन्द्रबाट छुट्टिएका वैद्य र विप्लवले पछि छुट्टै पार्टी गठन गरेका थिए । विप्लव पछिल्लो समय राजनितिक भेटवार्तामा व्यस्त छन् । यसअघि उनले माधव कुमार नेपाल र पुष्पकमल दाहाललाई भेटिसकेका छन् ।




प्रतिक्रिया