बाँकेमा भोलिदेखि भेरोसेल खोप लगाइने

बाँकेमा भोलिदेखि भेरोसेल खोप लगाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके – बाँकेमा आइतबारदेखि ५ गतेसम्म भेरोसेलको पहिलो मात्रा लगाइने भएको छ । सरकारले निर्धारण गरेको लक्षित समूहलाई भेरोसेलको पहिलो मात्रा दिन लागिएको हो ।

जिल्लाको नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका, बैजनाथ गाउँपालिका र राप्तीसोनारी गाउँपालिकामा आइतबारदेखि खोपको पहिलो डोज दिइने स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माले बताए ।

स्वास्थ्य कार्यालयले सूचना जारी गर्दै नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, जानकी गाउँपालिका र खजुरा गाउँपालिकामा भने यही साउन १० देखि १२ गतेसम्म खोपको पहिलो मात्रा दिइने जानकारी दिएको छ ।