देउवाले संसदमा विश्वासको मत लिँदै, कांग्रेस, माओवादी र जसपा आन्तरिक छलफलमा

देउवाले संसदमा विश्वासको मत लिँदै, कांग्रेस, माओवादी र जसपा आन्तरिक छलफलमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतको फैसलापछि पुनःस्थापित प्रतिनिधि सभाको अधिवेशन आजदेखि सुरु हुँदैछ । आजदेखि सुरु हुने संसद् अधिवेशनको रणनीति तय गर्न दलहरू छलफलमा जुट्दैछन् ।

सत्तारुढ नेपाली कांग्रेस, प्रमुख सत्ता साझेदार नेकपा माओवादी केन्द्र छुट्टाछुट्टै छलफलमा जुट्दैछन् । सत्तारुढ नेपाली कांग्रेसले दिउँसो २ बजेका लागि संसदीय दलको बैठक बोलाएको छ ।

प्रतिपक्षबाट सत्तापक्षमा रुपान्तरणभएपछि संसदमा कसरी सबैलाई मिलाएर लैजाने बिषयमा छलफल हुदैछ उता, प्रमुख सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले पनि संसदीय दलमा संसदरमा प्रस्तुत हुने रणनीतिबारे छलफल गर्दैछ । माओवादीले ११ बजेका लागि बैठक बोलाएको छ ।

माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलका अनुसार संसदीय दलको बैठक आज बिहान ११ बजेका लागि सिंहदरबारस्थित दलको कार्यालयमा बोलाइएको छ ।

जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्षले पनि संसदीय दलको बैठक बोलाएको छ । जसपाले सरकारलाई समर्थन गर्ने विषयमा छलफल गर्न दिउँसो १ बजेका लागि बैठक बोलाएको सांसद प्रदीप यादवले जानकारी दिए ।  सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो ४ बजेका लागि अधिवेशन आह्वान गरेकी छन् ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने बताइएको छ । संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री नियुक्त भएका देउवालाई नेकपा एमालेको माधव नेपाल समृहले पनि समर्थन गर्ने बुझिएको छ ।

कांग्रेस र माओवादीको संसदिय दलको बैठकमा शेरबहादुर देउवाको पक्षमा विश्वासको मत जुटाउने सम्बन्धमा पनि छलफल हुने छ ।

बैठकको सुरुवातमा प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्य सूची छ ।