आइतबार सुनको मूल्य घट्यो, कति पुग्यो ?

आइतबार सुनको मूल्य घट्यो, कति पुग्यो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा साताकाे पहिलो दिन आज सुनको मूल्य ६०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबार प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । यता चाँदीको मूल्य पनि आज ओरालो लागेको छ ।

गत शुक्रबार प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज २५ रुपैयाँले घटेर प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जानकारी दिएको छ ।