काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसको खोप खरिदलाई चुस्त रुपमा अघि बढाउन निर्देशन दिएका छन् ।
आइतबार बिहान बालुवाटारमा स्वास्थ्य मन्त्रालयका सचिव, मन्त्रालयका विशिष्ठ विज्ञ, स्वास्थ्य सेवा विभागका महानिर्देशक, खोप महाशाखाका प्रमुख लगायतलाई बोलाएर उनले कोरोनाको खोप खरिदलाई चुस्त रुपमा अघि बढाउन र खोप केन्द्रहरु बढाएर सहज रुपमा खोप लगाउने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री देउवाले कोरोनाको तेस्रो लहरको पूर्व तयारीका लागि सिमा नाकाहरुमा तत्काल होल्डिङ सेन्टर बनाउन, परीक्षणको दायरा बढाउन, अस्पतालमा अक्सिजन, वेड र आईसीयूको प्रवन्ध मिलाउन पनि निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।




प्रतिक्रिया