देउवाले विश्वासको मत लिनै लाग्दा नेपाल समूहका नेताले भनेः एमाले फुटाउने षड्यन्त्र !

देउवाले विश्वासको मत लिनै लाग्दा नेपाल समूहका नेताले भनेः एमाले फुटाउने षड्यन्त्र !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका सचिव भीम आचार्यले प्रधानमन्त्री शेरबहादुर देउवाले आजै संसदमा विश्वासको मत लिन खोज्नु एमाले फुटाउने षड्यन्त्र भएको बताएका छन् ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निवासमा भएको आन्तरिक छलफलपछि पत्रकारहरुसँग कुरा गर्दै नेता आचार्यले एक महिना समय भए पनि देउवाले आजै विश्वासको मत लिन खोज्नु एमाले फुटाउने षड्यन्त्र भएको बताएका हुन् ।

उनले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने बारेमा माधव नेपाल समुहमा कुनै छलफल नभएको दाबी गरेका छन् ।

‘दश बुँदे सहमति गरेर हामी पार्टी एकजुट बनाउन लागेका बेला र हामीले मत दिँदैनौँ भनेका बेला विश्वासको मत लिन खोज्नु एमाले फुटाउने षड्यन्त्र बाहेक अरु केही होइन विश्वासको मत दिनेबारे हाम्रो समुहमा कुनै छलफल भएको छैन,’ नेता आचार्यले भने ।

उनले पार्टीले निर्णय नगरेपनि मनलाग्दी ढंगबाट केही व्यक्तिले विश्वासको मत दिने मनसाय बनाएको समेत बताए ।

आचार्यले भने, ‘पार्टीले निर्णय गरेको छैन । मनलाग्दी ढंगले व्यक्तिगत रूपमा कसैले गर्छन् भने त्यो व्यक्तिगत हुन्छ, समूहको कुरा हुँदैन ।’