प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने माओवादीको निर्णय

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने माओवादीको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । आइतबार बसेको माओवादी संसदीय दलको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो ।

माओवादी केन्द्रका सांसद रामेश्वर राय यादवले विश्वासको मत दिनेबारे छलफल गर्न बसेको संसदीय दलको बैठकले देउवालाई विश्वासको मत दिने निर्णय गरेको जानकारी दिए ।

गत असार २९ गतेबाट प्रधानमन्त्रीमा नियुक्त भएका काँग्रेस सभापति शेरबहादुर देउवाले आज बस्ने प्रतिनिधिसभा बठकमा विश्वासको मत लिने कार्यसूची तय भएको छ ।