जसपाका १७ सांसदले देउवालाई विश्वासको मत दिने

जसपाका १७ सांसदले देउवालाई विश्वासको मत दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)का सांसदहरु आन्तरिक छलफलमा जुटेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने भएपछि जसपाको उपेन्द्र यादव पक्षका सांसदहरु छलफलमा जुटेका हुन् ।

अहिले बालकुमारीस्थित पार्टी कार्यालयमा नेताहरु महेन्द्रराय यादव, राजेन्द्र श्रेष्ठ, महोम्मद ईस्तियाक राई लगायत नेताहरु छलफलमा जुटेका छन् । जसपाको यादव पक्षबाट शेरबहादुर देउवालाई कम्तिमा पनि १७ जना सांसदले विश्वासको मत दिने बताइएको छ ।

जसपाको उपेन्द्र यादव पक्षका १२ जना सांसदले देउवाको पक्षमा हस्ताक्षर गरेका थिए । तर, अहिले यो संख्या बढेर १७ पुगेको यादव पक्षले दावी गरेको छ ।