काठमाण्डु- पहिलो कारोबारको दिन आज शेयर बजार ठूलो अंकले उकालो लागेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९७.२१ अंकले उकालो लागेको हो । आज नेप्से ९७.२१ अंकले उकालो लागेर २९८०.६१ विन्दुमा कायम भएको छ ।
आज २ सय २१ कम्पनीहरूको २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता शेयर ११ अर्ब ६३ करोड ८१ लाख २६ हजार ४९३ रूपैयाँ बराबरमा खरिदबिक्री भएको छ ।
आज सबै समूहहरूको उपसूचकहरू सकारात्मक छन् । जसमध्ये विकास बैंक समूहतर्फ सबैभन्दा बढी ५.०५ प्रतिशतको वृद्धि भएको छ । यसपछि बैंकिङको ४.७१ प्रतिशतको वृद्धि भएको छ ।




प्रतिक्रिया