काठमाण्डु- नेपाली काँग्रेसको संसदीय दलको बैठक सकिएको छ । संघीय संसद नयाँ बानेश्वरमा बसेको उक्त बैठकले नेकपा एमाले माधव नेपाल समुह र जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्षले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मतदान गर्ने निष्कर्ष निकालेको छ ।
प्रमुख सचेतकसमेत रहेका गृहमन्त्री बालकृष्ण खाँणले सांसदहरुलाई ह्विप जारी गर्दै प्रस्तावको पक्षमा जसपा, एमाले, राजमोलगायतका दलका सांसदले मतदान गर्ने बताए ।
साथै साे बैठकले प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ । संसद पुनस्र्थापना पछि प्रतिनिधिसभाको पहिलो बैठक आज अपरान्ह ४ बजे बोलाइएको छ । आज नै दोस्रो बैठक बस्ने र प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यसूची रहेको छ ।




प्रतिक्रिया