भीम रावलले दिए सांसद पदबाट राजीनामा

भीम रावलले दिए सांसद पदबाट राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका सांसद भीम रावलले पदबाट राजीनामा दिएका छन् । एमालेका उपाध्यक्षसमेत रहेका रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुपूर्व रावलले सांसद पदबाट राजीनामा दिएका हुन् । उनले सभामुख अग्नि प्रसाद सापकोटासमक्ष पुगेर राजीनामा दिने बताएका छन् । देउवालाई माधव नेपाल पक्षले समर्थन गर्ने निर्णय गरेको छ ।

नेता रावलले पार्टीलाई मिलाउन लागि परेपनि माधव नेपालबाट असहयोग भएको भन्दै राजीनामा दिएको बताएका छन् । उनले पार्टीलाई मिलाउन १० बुँदे सहमति कार्यान्वयन गर्न खोजे पनि नेपालले असहमति प्रकट गरेको बताए ।

आज बिहान कार्यदल सदस्यहरुसँगको भेटमा नेता नेपालले १० बुँदै सहमतिप्रति असन्तुष्टी जनाएका थिए ।