काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) दुई धारमा विभाजित भएको छ ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा जसपाभित्रको विवाद छर्लङ्ग भएको हो । जसपाको उपेन्द्र यादव–डा. बाबुराम भट्टराई पक्ष सत्तापक्षकोे सिटमा बसेको छ । भने महन्थ ठाकुर पक्ष प्रतिपक्षको सिटमा बसेको छ ।
गठबन्धनबाट शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी भएको यादव–भट्टराई पक्ष संसदमा सत्तापक्षको सिटमा बसेको हो ।
यादव पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरिसकेको छ । ठाकुर पक्षले भने विपक्षमा मतदान गर्ने भएको छ ।




प्रतिक्रिया