काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुईतिहाइको सरकार ढलेर यस्तो अवस्था आउने थाहा भएको भए आफूले केपी ओलीसँग पार्टी एकताको प्रस्ताव नै नलाने बताएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने क्रममा आइतवार संसदमा बोल्दै प्रचण्डले ओलीसँग पार्टी एकताकाे प्रस्ताव लगेर ठूलो गल्ती गरेको बताएका हुन् ।
‘यस्तो दुर्दशा हुने थाहा भएको भए म किन पार्टी एकताको प्रस्ताव लान्थेँ होला’, उनले भने, ‘भिन्न मतलाई स्वीकार्न सक्ने आँट कोसँग छ भन्ने पनि अहिले देखाएको छ । ओलीजीको गतिविधिले नैतिकता र संस्कारको प्रश्न पनि जन्माएको छ ।’
उनले एमालेका नेताहरूले संविधानको धारा ७६ को उपधारा ५ ले निर्दलीयता निम्त्याउने, लोकतन्त्र सङ्कटमा पर्ने भनेर दिँदै आएको अभिव्यक्तिलाई लक्षित गर्दै प्रचण्डले गोहीको आँशु नबगाउन सुझाव दिए ।
‘संविधानको अन्तिम व्याख्या गर्ने सर्वोच्च अदालत भनेर लेख्ने हामी नै होइन ?,’ उनले प्रश्न गर्दै भने ।




प्रतिक्रिया