काठमाण्डु – जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने घोषणा गरेका छन् ।
आज प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ठाकुरले आफ्नो पक्षले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने जानकारी गराएका हुन् ।
‘प्रधानमन्त्री देउवाले जुन प्रस्ताव राख्नुभएको छ । त्यसको समर्थनमा हामी उहाँलाई मत दिन्छौं । तर, जब जब प्रधानमन्त्रीको नियुक्तीको सवाल आउँछ, हामी आफूलाई उत्पीडित र घायल रुपमा पाएका छौँ । आज हामी फेरि आफैँलाई घायल पार्दैछौँ,’ उनले भने ।
साथै, रेशम चौधरी जेलमा रहेको भन्दै उनले चौधरीको रिहाइ हनपर्ने माग राखेका छन् ।




प्रतिक्रिया